रेशमको पार्टीलाई शुभकामना दिन भारतीयहरुलाई टीकापुरमा निम्तो
सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेशनमा विदेशी प्रतिनिधि पनि सहभागी हुने भएका छन् । आगामी शुक्रबार टीकापुरमा उद्धघाटन हुने महाधिवेशनमा भारतका विभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको सो पार्टीले जानकारी दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने महाधिवेशनमा छिमेकी मुलुक भारतका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुलाई अतिथिको निम्तो दिएको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रचार प्रसार गरिरहेको छ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको उद्धघाटन सत्रमा प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न पार्टीका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
टीकापुर हत्याकाण्डमा जेल परेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टीले गत आमचुनावमा प्रतिनिधिसभातर्फ चार सिट जितेर संसदमा उपस्थिति जनाएको छ । रेशमकी श्रीमतीसमेत रहेकी भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ अहिले अध्यक्ष छिन् ।
महाधिवेशनपछि रेशम आफैँ अध्यक्ष बन्ने तयारीमा रहेको बताइन्छ ।
टिप्पणीहरू