काँग्रेसी वडाध्यक्षहरुको चेतावनीपछि पोखरा महानगरसभा माघको तेस्रो साता
हिजो बोलाइएको पोखरा महानगरपालिकाको १४औं नगरसभा स्थगित भएको छ । सभाको एजेण्डामा महानगरको करबारे उल्लेख नभएको पाइएपछि स्थगित गर्नुपरेको बताइएको छ ।
आगामी १८ गते बोलाइएको अर्को सभामा आर्थिक ऐनमा राजस्वसम्बन्धी विषयहरु समेटिने जानकारी दिइएको छ । आज बस्ने भनिएको कार्यपालिका बैठकमा कर घटाउने एजेण्डा पेश नगर्ने पूर्वजानकारी पाएपछि नेपाली काँग्रेसका वडाध्यक्षहरुले बैठक बहिष्कार गर्ने बताएका थिए । पोखरा महानगरपालिकामा काँग्रेस वडाध्यक्षहरूको बहुमत छ ।
माघ १६ र १७ गते कार्यपालिकाको बैठक बस्ने बताइएको छ । त्यसको भोलिपल्ट नगर सभा राखिएको हो । राजश्व र करबारे आवश्यक सुझाव दिन पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
टिप्पणीहरू