ईनार खन्दा निस्किएको ग्याँसले काका-भतिजको निधन

ईनार खन्दा निस्किएको ग्याँसले काका-भतिजको निधन

भक्तपुरको चाँगुनारायणमा ईनार खन्ने क्रममा दुई जनाको ज्यान गएको छ । 

चाँगुनारायण नगरपालिका–४, खनालचोकस्थित सेतोमाइक्रो पार्क नजिकै बस्ने रामेछापका २८ वर्षीय सन्देश सुनुवार र उनका काका ४६ वर्षीय दिपक सुनुवारको निधन भएको हो । इनार खन्दाखन्दै निस्किएको ग्यासले दुबै जनाको प्राण लिएको प्रहरीले जनाएको छ । 

बताइएअनुसार सुनुवारका काका-भतिज विगत दुई वर्षदेखि सो पार्क नजिकै जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएका थिए । आज दिउँसो साढे १ बजे ईनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्याँस निस्किएको थियो ।

 

तत्कालै जिल्ला प्रहरी परिसर भक्तपुर, विपद् व्यवस्थापन महाशाखा काठमाडौं, सशस्त्र प्रहरी बललगायतबाट खटिएको टोलीले उनीहरुको उद्दार गरी उपचारार्थ भक्तपुर अस्पताल पुर्याएकोमा उपचारको क्रममा दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू