डढेलो निभाउने क्रममा ज्यान गुमाउनेका परिवारलाई नगद सहयोग

डढेलो निभाउने क्रममा ज्यान गुमाउनेका परिवारलाई नगद सहयोग

ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । 

हिजो गोदावरी नगरपालिका–४, बडिखेलस्थित सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा निधन भएको हो । 

नगरपालिकाको आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरुप जनही पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता मिलन सिल्वालले जानकारी दिए । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस दुःखद घडीमा मृतकका परिवारजनलाई राहतस्वरुप प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउने नगरकार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय गरिएको छ ।’

अहिले पालिकाको सबै वडामा भीषण डढेलो लागेको र आगो नियन्त्रणका सबै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा लिन नसकिरहेको समेत प्रवक्ता सिल्वालले बताए ।

टिप्पणीहरू