क्षतविक्षत अवस्थामा भेटियो इरानी राष्ट्रपति र विदेशमन्त्रीको शव

क्षतविक्षत अवस्थामा भेटियो इरानी राष्ट्रपति र विदेशमन्त्रीको शव

हेलिकोप्टर दुर्घटनामा परेका इरानी राष्ट्रपति इब्राहिम रईसीको शव फेला परेको छ । हिजो भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम, विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियनसहित नौ जनाको मृत्यु भएको बताइएको छ । 

राष्ट्रपति इब्राहिम हिजो बिहान एउटा बाँधको उद्घाटन गर्न अजरबैजानको सीमानामा पुगेका थिए । फर्कने क्रममा भएको घनघोष वर्षा र खराब मौसमको कारण उनी सवार हेलिकोप्टर सम्पर्कविहीन भएको इरानी सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ ।

हेलिकोप्टर सम्पर्कविहीन भएपछि प्रहरीले खोजतलास गरेको थियो । तर १६ घण्टापछि आज बिहानको जोल्फा प्रान्त क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको हो ।

हेलिकोप्टरमा राष्ट्रपति र विदेशमन्त्रीसहित मुख्य पाइलट, को–पाइलट, दुई अधिकृत, सुरक्षा प्रमुख र अंगरक्षक सवार थिए । उनीहरुको सबैको मृत्यु भएको पुष्टि भइसकेको छ । 

कानुनका ज्ञातासमेत समेका रहेका राष्ट्रपति इब्राहिमले केही समययता यात्राको लागि उक्त बेल–२१२ नामक हेलिकोप्टर प्रयोग गर्दै आएका थिए ।
 

टिप्पणीहरू