अख्तियारकै आयुक्तलाई छाडेनन् चिरिबाबुले

अख्तियारकै आयुक्तलाई छाडेनन् चिरिबाबुले
सुन्नुहोस्

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा श्रेष्ठ अमात्यको घरमा डोजर चलाएको छ । गुठीको जग्गा मिचेको भन्दै महानगरले आज घरको पर्खाल भत्काएको हो । 

महानगरको वडा नम्बर-१० चाकुपाटस्थित उक्त घर मात्यले ०७८ सालमा किनेकी थिइन् । घरको जग्गा ५ आना ३ पैसा क्षेत्रफल रहेको घरले गुठीको जग्गा पनि ओगटेको महानगरको भनाई छ । 

गुठी परिवार र महानगरले बारम्बार पर्खाल भत्काउन आग्रह गरे पनि अटेर गरेपछि आज मेयर चिरिबाबु महर्जनको उपस्थितिमा डोजर लगाइएको हो ।

टिप्पणीहरू