चीन–भारत सीमा समस्या समाधानका लागि वार्ताको तयारीमा

चीन–भारत सीमा समस्या समाधानका लागि वार्ताको तयारीमा

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई छिमेकी मुलुुकका विदेशमन्त्रीहरुको भेट आज कजाखस्तानको राजधानी अस्तानामा भएको हो । 

भेटमा दुई मुलुकबीच सीमा लाइन सम्बन्धमा यसअघि उठेका विवादलाई सहज तवरले हल गर्ने र पूर्वी लद्धाख नजिकैको लाइन अफ कन्ट्रोलको विवादलाई समाधान गरेर द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउने सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भेटमा दुबै पक्ष सीमा सम्बन्धी विवादलाई जतिसक्दो छिटो शान्तिपूर्ण तवरले हल गर्न तयार रहेको बताइएको छ । यसका लागि तत्काल चीन–भारत सीमा समाधानका लागि छलफल तथा समन्वय कमिटीको बैठक राख्न दुबै मुलुक तयार रहेको जानकारी दिएइको छ ।

चिनियाँ र भारतीय विदेशमन्त्रीबीच त्यहाँ आयोजित सांघाई सहयोग संगठनको २४ औं शिखर सम्मेलनमा सहभागी हुने क्रममा भेट भएको हो ।

टिप्पणीहरू