महानगरले आफ्नै चमेनागृहलाई पनि छाडेन

महानगरले आफ्नै चमेनागृहलाई पनि छाडेन
सुन्नुहोस्

काठमाठौँ महानगरपालिकाले आफ्ना कर्मचारीहरुलाई खाजा खुवाउने चमेनागृहलाई कारवाही गरेको छ । 

खाजा तथा खानामा गुणस्तर कायम नगरेको भन्दै महानगरले दुई लाख जरिवाना गरेको हो । उपभोक्ताहरुबाट अत्यधिक गुनासो आएपछि महानगरको खाद्य प्राविधिक टोलीले अनुमगन गरेर लिखित निर्देशन दिएको थियो । तर चमेनागृहले निर्देशन पालना नगरेको महानगरले जनाएको छ । 

महानगरले चमेना गृहलाई काटेको पत्रमा भनिएको छ, ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १० र २९ बमोजिम कसुर भएको देखियो, ऐनको दफा ३० (ख) बमोजिम रुपयौँ दुई लाख जरिवाना तोकिएको छ ।’

टिप्पणीहरू