खुलेको तीन हप्तामै हेलिपोर्ट ‘बन्द’,क्षति तिर्ने कसले ?
हेलिकप्टर पाइलटहरूले भक्तपुरको नलिनचोकस्थित हेलिपोर्टबाट उडान बन्द गरेका छन् । हवाई सुरक्षामा उच्च जोखिम देखिएको जनाउँदै उनीहरुले आजदेखि सबै उडान रोक्ने जानकारी यसअघि नै दिएका थिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेका अत्यावश्यक सेवा,सुविधाको साथै सुरक्षा प्रत्याभूत नभएकाले उडान बन्द गरिएको पाइलटहरुको भनाई छ ।
त्यसबारे अघिल्लो साता नै जानकारी गराउँदा पनि उड्डयन प्राधिकरणका जिम्मेवारहरु कानमा तेल हालेर बसेको पाइलटहरु बताउँछन् । आज बिहानदेखि त्यहाँबाट कुनै पनि हेलिकोप्टर उडेका छैनन् ।
असार ७ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ,प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतले त्रिभुवन विमानस्थलबाट चढेर गएको हेलिकोप्टर नलिन्चोकमा अवतरण गरेपछि हेलिपोर्टको उद्घाटन गरिएको थियो ।
हेलिपोर्टको वरपर ठूला भवन रहेको, उच्च भूभागसहित,विद्युत प्राधिकरण ट्रान्समिसन लाइन रहेको, इन्धन डिपो नरहेको, आकस्मिक सुरक्षा र उद्दारका कुनै पूर्वाधार नरहेको र छुट्टै कन्ट्रोल टावर नभएको जनाउँदै उनीहरुले हेलिकोप्टर ग्राउण्डेड गरेका हुन् ।
टिप्पणीहरू