स्थानीय तहका सूचना प्रविधि अधिकृतलाई विपद् पोर्टल तालिम
विराटनगर महानगरपालिकासहित मोरङका ९ वटा स्थानीय तहमा विपद् पोर्टल स्थानीयकरण सम्बन्धी तालिम दिइएको छ
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको आयोजनामा हिजो र अस्ति स्थानीय तहका फोकल पर्सन एंव सूचना प्रविधि अधिकृतलाई त्यस्तो तालिम प्रदान गरिएको हो । तालिमका सहभागीलाई विपद् पोर्टलसम्बन्धी सैद्धान्तिक एंव व्यवहारिक प्रशिक्षण दिइएको जनाइएको छ ।
इन्टरनेशनल फेडेरेसन अफ रेड क्रस एण्ड रेड क्रिस्सेन्ट सोसाइटिजको प्राविधिक सहयोगमा संचालन भएको तालिमको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव हिरादेवी पौडेलले उद्घाटन गरेकी थिइन् ।
विपद् पोर्टल एकीकृत तथा विस्तृत विपद् सूचना व्यवस्थापन प्रणाली हो । यसबाट विपद्सम्बन्धी वास्तविक समयको जानकारी, विपद्का घटनासम्बन्धी अभिलेख, क्षति तथा नोक्सानीको विवरण र जोखिमको दुश्यात्मक अवस्थाबारे जानकारी प्राप्त गर्न सकिन्छ ।
पोर्टलमा सबै स्थानीय तह, प्रदेश, सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समितिलगायतले आफ्नो जिम्मेवारी क्षेत्रका विवरण प्रविष्ट गर्न सक्छन् ।
टिप्पणीहरू