भाटभटेनीमा एक अर्बको चिस्यान केन्द्र, उमेश श्रेष्ठलगायत साझेदार

भाटभटेनीमा एक अर्बको चिस्यान केन्द्र, उमेश श्रेष्ठलगायत साझेदार

भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको नयाँ परियोजनामा पूर्वमन्त्री उमेश श्रेष्ठलगायत जोडिएका छन् । चितवनमा बनाउन लागिएको चिस्यान केन्द्र (कोल्ड स्टोरेज) मा गुरुङ, श्रेष्ठ,आशिष उपाध्याय, किरण श्रेष्ठलगायतको लगानी रहने बताइएको छ ।

चितवनको रत्ननगर नगरपालिकामा बन्ने उक्त केन्द्रमा एक अर्ब रुपैयाँ लगानी हुने छ । आज  शिलान्यास गरिएको उक्त स्थानमा भाटभटेनी सुपरस्टोर पनि बन्दैछ ।

 

चितवनपछि जनकपुर, भैरहवा,नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । चितवनपछि जनकपुर, भैरहवा,नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना छ । कपिलवस्तुमा खोलिएको यसअघिको ‘एग्रिवस्तु प्रालि’ लाई मर्ज गरेर चितवनमा नयाँ स्टोरेजको शिलान्यास गरिएको हो ।

एग्रिवस्तुका प्रबन्ध निर्देशक आशिष उपाध्याय काँग्रेस नेता तथा पूर्वमन्त्री एवम् भारतका लागि राजदूत दीपकुमार उपाध्यायका छोरा हुन् । उमेश यसअघि शेरबहादुर देउवा मन्त्रिमण्डलमा राज्यमन्त्री थिए । किरण राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हालै अवकाशप्राप्त बैंकर हुन् ।

टिप्पणीहरू