कोरियन एयरलाइन्सको एकाधिकार तोडिँदै
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकटका लागि बोलपत्र आह्वान गरिएको छ । ईपीएस कोरिया शाखाले आज सार्वजनिक सूचना निकालेर काठमाडौंबाट दक्षिण कोरियाको सिओलसम्म हवाई उडानमा ईपीएसमार्फत जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आह्वान गरिएको हो ।
हाल नेपालबाट कोरिया जान कोरियन एयरलायन्सको मात्रै सेवा उपलब्ध छ । यसबाट त्यहाँ जाने श्रमिकहरु निकै महँगो हवाई टिकट लिनुपर्ने बाध्यतामा छन् । कोरोना महामारीपछि कोरिया सरकारले सोझो उडानमा नेपाली कामदार लैजाने व्यवस्था गरेको थियो । त्यसअघि अन्य मुलुकका उडान हुँदै पनि कामदार जान्थे ।
ईपीएस शाखाले आर्थिक वर्ष २०८१/०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पुर्याउनका लागि आवश्यक एकतर्फी हवाई टिकट उपलब्ध गराउन इच्छुक संस्था, फर्म, कम्पनीहरुलाई २१ दिनभित्र विद्युतीय बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
सीधा उडानको हवाई भाडा र ट्राजिन्टको भाडादर एउटै भएमा सीधा उडानलाई प्राथमिकता दिइने बताइएको छ ।
टिप्पणीहरू