हेभी ड्राइभर भर्नामा फोहोरमैला प्रभावित क्षेत्रकालाई प्राथमिकता

हेभी ड्राइभर भर्नामा फोहोरमैला प्रभावित क्षेत्रकालाई प्राथमिकता

काठमाडौं महानगरपालिकाले करार सेवामा हेभी ड्राइभर भर्ना गर्न लागेको छ । महानगरले ३० जना हेभी ड्राइभर भर्ना गरिने आज प्रकाशित विज्ञापनमा उल्लेख छ ।

इच्छुक व्यक्तिले आगामी साउन १६ गतेसम्म महानगरको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत् मात्र आवेदन दिन सक्नेछन् ।

महानगरले कार्यअनुभवलाई ग्राह्यता दिइने बताएको छ । आवेदकमध्ये महानगरबासी तथा फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिइने छ ।

त्यस्ता चालकको करार छ महिनाको हुने र आवश्यकताअनुसार थपिनसक्ने उल्लेख छ ।

टिप्पणीहरू