सरकारी अस्पतालमा अपरेसन चार्ज बढीमा ७० हजार रुपैयाँ

सरकारी अस्पतालमा अपरेसन चार्ज बढीमा ७० हजार रुपैयाँ

स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीअन्तर्गतका सेवासुविधाको परिमार्जित विवरण सार्वजनिक गरेको छ । एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क तोक्दै नयाँ दररेट सार्वजनिक गरिएको छ ।

नयाँ दररेट आगामी साउन १ गतेदेखि लागू हुने बताइएको छ । बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै उपलब्ध सुविधालाई समयानुकुल परिमार्जन गरिएको जनाएको छ ।

परिमार्जित दररेटअनुसार ओपीडी टिकट शुल्क ५० रुपैयाँ, इर्मेजेन्सी शुल्क एक सय रुपैयाँ, जनरल बेडचार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ र शल्यक्रियामा बढीमा ७० हजार रुपैयाँ लिन पाइन्छ । 

यसबाहेक कतिपय सेवाहरु तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएकोसमेत बोर्डले जनाएको छ ।
 

टिप्पणीहरू