बुद्धको विमान अवतरणको क्रममा रनवे बाहिर
बुद्ध एअरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको छ । राति १० बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ ।
उडान नम्बर बीएचए ८०५ विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो । विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
जहाज केहीबरे धावनमार्गमै रहेको कारण विमानस्थल बन्द गरिएको थियो । बुद्धको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर राति नै पार्किङमा पुर्याएपछि विमानस्थल खुलेको बताइन्छ ।
टिप्पणीहरू