पहिरोले बगाएको बस र यात्रुको खोजी जारी
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएका दुईवटा बस र ती बसमा रहेका यात्रुको खोजी जारी छ । ती बसमा चालकसहित कम्तीमा ६३ जना रहेको अनुमान छ ।
भरतपुर महानगरपालिका २९ सिमलतालमा आज बिहान साढे ३ बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल बसमा २४ जना रहेको बताइएको छ।
बगाएका बसमध्ये एउटा मात्रै नदीमा देखिएको छ । हालसम्म अर्को बस र यात्रुहरु भेटिएका छैनन् । बस यात्रुको खोजीमा सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार र खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।
फोटो र भिडियो : सशस्त्र प्रहरी बल नेपाल ।
टिप्पणीहरू