नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु, बेपत्ता बस र यात्रुको खोजी जारी

सुन्नुहोस्

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार इच्छाकामना गाउँपालिका–६, कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी सवारी सुचारु भएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालको पहिरोले बगाएपछि त्रिशूली नदीमा बेपत्ता दुईवटा बस र तिनमा रहेका यात्रुको खोजीकार्य जारी छ । 

बस र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालित छन् ।

टिप्पणीहरू