ट्रम्पलाई गोली हान्ने व्यक्तिको पहिचान सार्वजनिक
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्तिको पहिचान खुलेको छ ।
अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले गोलि हान्ने व्यक्ति २० वर्षीय थोमस म्याथ्यू क्रुक्स रहेको जानकारी दिएको हो ।
नेपाली समयअनुसार आज बिहान ४ बजे ट्रम्पलाई गोली हानिएको थियो । राष्ट्रपतिको उम्मेदवारसमेत रहेका उनीमाथि पेन्सिल्भेनिया राज्यको बट्लरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेक्रममा गोली प्रहार भएको एफबीआइले जनाएको छ।
घटनास्थलमा प्रहरीले तत्काल प्रतिवाद गर्दा दुई जना मारिएको अन्य दुई जना घाइते भएको बताइएको छ । मृत्यु भएकामध्ये एक जना गोली चलाउने म्याथ्यू र अर्का सामान्य नागरिक रहेको जनाइएको छ ।
एफबीआइका अनुसार म्याथ्यू पेन्सिलभेनियाकै बेथेल पार्कका स्थानीय बासिन्दा हुन् । उनले किन गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको छ ।
गोली लागेर घाइते भएका ट्रम्पको अवस्था सामान्य बन्दै गएको अधिकारीहरुले बताएका छन् । ट्रम्पको दाहिने कानको माथिल्लो भागमा गोली लागेको थियो । उनले गोलाबारीमा मृत्यु भएका दुवै जनाको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
टिप्पणीहरू