भेटिएका दुई दर्जन सवारीसाधन सम्बन्धितलाई
ट्राफिक प्रहरीले हराएका करिब दुई दर्जन दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका २१ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धितको जिम्मा लगाएको जनाएको छ ।
प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले १३ वटा मोटरसाइकल र आठ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट हराएपछि खोजतलासका क्रममा भेटिएका सवारीसाधन फिर्ता गरिएको हो ।
टिप्पणीहरू