स्कुल ब्यागमा २० करोड बढीको कोकिन
काठमाडौंको ठमेलबाट करिब छ केजी कोकिनसहित एक मलेसियन महिला पक्राउ परेकी छन् । ४७ वर्षीया बाथुमलाई भाडीभालुालाई प्रहरीले कोकिनसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको संयुक्त टोलीले उनलाई ठमेलको काठमाडौं सिटी होटलबाट पक्रेको जनाएको छ ।
उनी बसेको कोठामा छ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाइएको थियो । प्रहरीका अनुसार पाँच केजी ८२० ग्राम कोकिन बरामद गरिएको छ ।
उक्त कोकिनको मूल्य अन्दाजी २० करोड ३७ लाख पर्छ । पक्राउ परेकी बाथुमलाईमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू