कर्णालीमा पर्सि सार्वजनिक बिदा

कर्णालीमा पर्सि सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते बिदा दिइएको जनाइएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत वैशाख १७ गतेको निर्णयानुसार पर्सि बिदा दिइएको जनाएको छ । बिदामा सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द हुने छन् । 

‘मिति २०८१ साउन १ गते मंगलबार साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८१–०१–१७ मा निर्णय भएको,’ जारी सूचनामा उल्लेख छ । 

साउने संक्रान्ति खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि विशेष दिन हो । यसलाई कतिपय स्थानमा ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा पनि लिइन्छ ।

टिप्पणीहरू