घरमा सुतिरहेकी रुनाको सर्पले टोकेपछि निधन

नवलपरासी पश्चिममा सर्प टोकेर एक महिलाको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका–८, गंगापुर बस्ने ३२ वर्षीया रुना पालको सर्पले टोकेर निधन भएको जनाइएको छ ।
प्रहरीका अनुसार आज बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो । लगत्तै उपचारार्थ सर्पदंश उपचार केन्द्र त्रिवेणी क्याम्प लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल परासी पुर्याइयो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाउँदै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
टिप्पणीहरू