पटक पटक पासो लगाउन खोजेकी महिला प्रहरी नियन्त्रणमा

पटक पटक पासो लगाउन खोजेकी महिला प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

माइतीघरमा धर्ना बस्दै आएकी सहारा कुमारी शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिएको भन्दै उनले आज मध्यान्ह माइतीघरमै आत्महत्याको प्रयास गरेको बताइन्छ । 

उनले धर्नास्थल नजिकैको किम्बुको रुखमा चढेर पासो लगाउन खोजेपछि प्रहरीले भुईंमा झारेको थियो । त्यहाँबाट हिँडेकी उनले बिजुली बजार नजिकैको धोबी खोला करिडोरमा रहेको पिपलको रुखमा पनि पासो लगाउन खोजेको बताइन्छ ।

पटक पटक आत्महत्याको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी बृत बानेश्वर लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू