भारतीय पत्रकारको अध्यक्षमा सिके नायक पुनः निर्वाचित

भारतीय पत्रकारको अध्यक्षमा सिके नायक पुनः निर्वाचित

भारतीय प्रेस एशोसिएसनको अध्यक्षमा वरिष्ठ पत्रकार सिके नायक निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष नायक पुनः अध्यक्षमा चुनिएका हुन् ।

एशोसिएसनको उपाध्यक्षमा सागर कुलकर्णी र महासचिवमा लक्ष्मी देवी ऐरे छानिएका छन् । कुलकर्णी प्रेस ट्रस्ट अफ इण्डियाआबद्ध पत्रकार हुन् । 

पिटिआईका अनुसार एशोसिएसनको सहसचिवमा वरिष्ठ पत्रकार ज्ञानेश्वर दयाल र कोषाध्यक्षमा जेसी बर्मा छनौट भएका छन् ।

नायक बिश्व प्रेस काउन्सिलका अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक र जनआस्थाका निम्ति भारतीय राजनीतिक टिप्पणीकार पनि हुन् । उडिसा जन्मथलो भएका उनी लामो समय उत्तर पूर्वी राज्य मेघालयमा प्रेस ट्रस्ट अफ इण्डियाको सँवाददाता थिए भने रोयटर्सको निम्ति पनि लेखिरहन्छन् ।

टिप्पणीहरू