कर्मचारी सञ्चय कोषले घटायो दुबै ब्याजदर

कर्मचारी सञ्चय कोषले घटायो दुबै ब्याजदर
सुन्नुहोस्

कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदर परिमार्जन गरेको छ । आजदेखि लागू हुने गरी सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने ब्याजदर घटाइएको जानकारी दिइएको छ ।

परिवर्तित ब्याजदरअनुसार सञ्चय कोष र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ दशमलब पाँच शून्य प्रतिशत कायम भएको छ । सञ्चयकर्ता सापटीहरुमा कोषले लिने वार्षिक ब्याजदरमा विशेष सापटीमा ६ दशमलब ६० प्रतिशत, घर, शैक्षिक र घर मर्मत सापटीमा ७ दशमलब ५० शून्य प्रतिशत र जग्गा खरिद एवम् सरल सापटीमा ८ प्रतिशत निर्धारण गरिएको छ । 

कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा शून्य दशमलब २५ प्रतिशत बिन्दुले रिवेट (छुट) दिने जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा हिजोसम्म सञ्चय कोष र निवृत्तभरण कोष रकममा ७ दशमलब ५ प्रतिशत ब्याजदर दिएको कोषले विशेष सापटीमा ८ दशमलब ६० प्रतिशत, घर, शैक्षिक र घर मर्मत सापटीमा ९ दशमलब २५ प्रतिशत र जग्गा खरिद र सरल सापटीमा ९ दशमलब ७५ प्रतिशत ब्याज कायम थियो ।

टिप्पणीहरू