मधेशमा कानूनी सहायता अधिकृतको अवसर

मधेशमा कानूनी सहायता अधिकृतको अवसर

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयले प्रदेश कानूनी सहायता अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा आठ जना प्रदेश कानूनी सहायता अधिकृत आवश्यकता रहेको जनाइएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधाम वा वेबसाइटमार्फत आगामी १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । 

आवेदन फारामका साथ नेपाली नागरिकताको प्रतिलिपि, कानूनमा स्नातक गरेको प्रमाणपत्रको प्रतिलिपि, अधिवक्ताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित विषयमा कुनै तालिम प्राप्त गरेको भए सोको प्रतिलिपि पनि बुझाउनुपर्नेछ । करार अवधि छ महिना हुने र त्यसपछि म्याद थपसमेत गर्न सकिने जनाइएको छ ।

टिप्पणीहरू