भारतस्थित नेपाली दूतावाससँग सहकार्यको सुरसार

भारतस्थित नेपाली दूतावाससँग सहकार्यको सुरसार
सुन्नुहोस्

भारतस्थित प्रवासी नेपाली एकता मञ्चले नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग सहकार्यको निम्ति प्रस्ताव गरेको छ । मञ्चले भारतमा रहेको नेपाली समुदायमा आइपर्ने विभिन्न खालका समस्या समाधानको निम्ति दुई संस्थाबीच सहकार्य गरेर अघि बढ्न आग्रह ज्ञापनपत्र बुझाएको छ ।

नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखिएको पत्रमा दुवै संस्थाको जानकारीमा आएका नेपाली समुदायका समस्या समाधानको लागि अग्रसर हुने कुरा छ । 

नेकपा एकीकृत समाजवादी निकट मञ्चका प्रतिनिधिहरुले दूतावास पुगेर राजदूत शंकरप्रसाद शर्मालाई पत्र हस्तान्तरण गरेका हुन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा भारत प्रवास इञ्चार्ज अशोक थापाको नेतृत्वमा गएको टोलीमा मञ्चका अध्यक्ष रामबहादुर डाँगी,महासचिव कटक शाही पनि थिए । 

त्यसैगरी केन्द्रीय सदस्यहरु गोपाल शर्मा, ओमकुमारी कुँवरका साथै मञ्चका दिल्ली राज्य समिति अध्यक्ष टेकलाल आले,सचिव शंकर सेन,उपसचिव उमाकला कुँवर र ओखला नगर समितिका अध्यक्ष तुल्सीप्रसाद जिएम पनि दूतावास पुगेका थिए ।

टिप्पणीहरू