पहिरोमा पुरिएर सासु–बुहारीको मृत्यु, छोरीको अवस्था गम्भीर
संखुवासभामा पहिरोले पुरिएर सासु–बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरी गम्भीर घाइते भएकी छन् भने ज्वाईं, नाती र नातिनीको सकुशल उद्धार गरिएको छ ।
सदरमुकाम खाँदबारीबाट ५ किमी उत्तर सिलिचोङ गाउँपालिका १, पिलुवा दोभानमा ढुंगासँगै झरेको पहिरोले घरका छ जनामध्ये ५५ वर्षीया मोतीमाया राई र उनकी बुहारी २७ वर्षीया समीक्षाको मृत्यु भएको हो ।
घरभित्रै रहेकी मोतीमायाकी छोरी २७ वर्षीया रविना राई पहिरोसँगै झरेको ढुंगा लागेर गम्भीर घाइते भएकी छन । उनलाई नेपाली सेनाको हेलिकेप्टरमा उपचारका लागि सशस्त्र प्रहरी बलले काठमाण्डौ ल्याएको छ ।
प्रहरी र स्थानीयले ३३ वर्षीय ज्वाईं मनिकुमार राई, १२ वर्षीय नाति अमिर राई र ४ वर्षीया नातिनी संबृद्धी राईको सकुशल उद्धार गरेका छन् । घटनास्थल पुुगेको इन्स्पेक्टर नेतृत्वको टोलीले थप उद्धार र खोजबिन जारी राखेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू