राष्ट्र संघलाई गृहयुद्धको पीडा बुझ्न सोमालियाली नागरिकको आग्रह
काठमाडौंमा बस्दै आएका सोमालियाली नागरिकले संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायोगको ढोकामा आज पनि धर्ना दिएका छन् । उनीहरुले गृहयुद्धको कारण आफूहरु विस्थापित भएर नेपाल आइपुगेको बताउँदै संयुक्त राष्ट्र संघले सबैलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् ।
आफूहरुलाई पनि युरोपलगायत विभिन्न क्षेत्र र मुलुकका नागरिकलाई झैँ शरणार्थीको हैसियतमा व्यवहार गर्न आग्रह गरेका छन् । तत्काल सोमालिया फर्कने स्थिति नरहेकाले उच्चायोगले गाँस, बास, कपासको व्यवस्था गर्नुपर्ने माग छ ।
सोही माग राखेर सोमालियाका नागरिकले लामो समयदेखि उच्चायोगको कार्यालय महाराजगञ्जमा धर्ना दिँदै आएका छन् । आज पनि बिहान ९ बजेदेखि धर्नामा बसेका हुन् ।
टिप्पणीहरू