फेरि भत्काउन थालियो न्युरोड

फेरि भत्काउन थालियो न्युरोड

काठमाडौं महानगरपालिकाले यसअघि रोकिएको नयाँ सडक (न्युरोड) मा फुटपाथ बिस्तारको काम थालेको छ । उच्च अदालत पाटनले फुटपाथ बिस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएपछि महानगरपालिकाले बिहानैदेखि न्युरोडको सडक भत्काउन थालेको हो ।

महानगरले जेठ ११ गतेदेखि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंले रोकिदिएको थियो । डिभिजन कार्यालयको निर्णयविरुद्ध महानगरपालिका कानुनी उपचारको निम्ति जेठ २७ गते उच्च अदालत पाटनमा गएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ बिस्तार नरोक्न अन्तरिम आदेश दिएको हो ।

टिप्पणीहरू