स्थगित उपप्राध्यापक पदको परीक्षा भदौमा

स्थगित उपप्राध्यापक पदको परीक्षा भदौमा
सुन्नुहोस्

लामो समयदेखि स्थगित त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा भदौमा हुने भएको छ । विशेष कारण दुईपटक स्थगित लिखित परीक्षा भदौ ५ गतेदेखि सञ्चालन गर्न लागिएको हो । 

पहिलो चरणअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित परीक्षा सञ्चालन गरिने त्रिवि सेवा आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्यसपश्चात अन्य संस्थानको परीक्षा तालिका सार्वजनिक गरिनेछ । 

‘खुल्ला प्रतियोगिताअन्तर्गत उपप्राध्यापक पदको विशेष कारणबस् स्थगित लिखित परीक्षा मिति २०८१ भदौ ५ गतेदेखि विभिन्न चरणमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरुको परीक्षा सञ्चालन हुनेछ र अन्य अध्ययन संस्थान र संकायसँग सम्बन्धित परीक्षा सञ्चालन हुनेछ र अन्य अध्ययन संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको बेभसाइटमा क्रमशः प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, आज जारी सूचनामा उल्लेख छ । 

आयोगले २०७७ फागुन ९ गते र २०७८ असार १५ गते खुल्ला प्रतियोगिताअन्तर्गत उपप्राध्यापक पदका लागि लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको थियो । तर, सर्वोच्च अदालतले ती पदमा तत्काल पदपूर्ति नगर्नु–नगराउनु भनि आदेश दिएपछि परीक्षा स्थगित गरिएको हो ।

टिप्पणीहरू