चार ठेकेदार कालोसूचीमा
ठेक्का ओगट्ने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने चार निर्माण व्यवसायी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । 'ब्याल्क लिस्टेड' हुनेहरुमा बिएस कन्स्ट्रक्सन, भैरव शक्ति निर्माण सेवा, भर्टिडा सिरामिक्स प्राइभेट लिमिटेड र मस्टा जेबिडि कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग प्रालि रहेका छन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम डेढ वर्षदेखि दुई वर्षका लागि कालोसूचीमा परेका यी निर्माण व्यवसायीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू