पूर्व प्रधानमन्त्रीलाई अस्पताल पुर्याइयो
भूतपूर्व प्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना हुनुभएको छ । उच्च ज्वरो आएपछि उहाँलाई वीर अस्पतालमा दिउँसो १ बजे भर्ना गरिएको बताइएको छ ।
चन्दलाई अस्पतालको नयाँ भवनमा रहेको अति विशिष्ट कक्षको न्यूरोसर्जिकल भिआइपी १ नम्बर बेडमा भर्ना गरेर उपचार थालिएको छ । उहाँ चारपटक प्रधानमन्त्री भइसक्नुभएको छ ।
टिप्पणीहरू