चन्द्रागिरी केबुलकारमा एक सय सुरक्षाकर्मी पुगेलगत्तै सेवा बन्द
थानकोटस्थित चन्द्रागिरी केबुलकारमा आज दिउँसो एकाएक झण्डै एकसय जना सुरक्षाकर्मी पुगे । दिउँसो ३ बजे केबलकारको बेस स्टेशनमा नेपाल प्रहरीको थानकोट वृत्तबाट १० जना,जिल्ला प्रहरी परिसरबाट ३० जना,सशस्त्र प्रहरी बलबाट ५० जना र नेपाली सेनाबाट १० जना उद्धारका लागि त्यहाँ पुगेका थिए ।
केबलकारको बेस स्टेशनमा प्राविधिक समस्या उत्पन्न हुँदा दिउँसो साढे १ बजे केबलकार एक्कासी बन्द भएको थियो । त्यतिबेला केबलकारमा ७५ जना यात्रु थिए । सुरक्षाकर्मी उनीहरुकै उद्धारका लागि त्यहाँ पुगेका हुन् ।
तर,केबलकार साढे ३ बजेदेखि केही मीनेट सुचारु हुनासाथ उनीहरुलाई झारिएको थियो । केबलकार थप मर्मतका लागि चन्द्रागिरीले पौने ४ बजेपछि सेवा रोकेको छ ।
टिप्पणीहरू