महानगरको निर्माणमा वडाध्यक्षको प्रदर्शन
काठमाडौंको न्युरोड वरपर भइरहेको फुटपाथ विस्तारको विरोध गर्दै वडाध्यक्षसहित स्थानीयले प्रदर्शन गरेका छन् । २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा जुद्ध शालिकअगाडि आज बिहानैदेखि प्रदर्शन थालियो ।
प्रदर्शनमा झण्डै डेढ दर्जनको उपस्थिति थियो । उनीहरुले ‘सेभ न्यूरोड’,‘न्यूरोड साँघुरो पार्न पाइँदैन’, लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन् ।
उच्च अदालत पाटनले फुटपाथ बिस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाले न्युरोडको सडक भत्काउन थालेको छ । फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने प्रदर्शनकारीहरुको भनाइ छ ।
टिप्पणीहरू