भारतीय ऊर्जामन्त्री आउँदै,बंगलादेशी प्रधानमन्त्रीका दूत अगाडि नै
भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । उनी नेपाल–भारत–बांग्लादेशबीच हुने त्रिदेशीय विद्युत व्यापार सम्झौतामा सहभागी हुन आउन लागेका हुन् । खट्टर दुई दिने भ्रमणमा साउन १३ गते नेपाल आउने बुझिएको छ ।
बंगलादेशी प्रधानमन्त्रीका निजी चिकित्सक डा. एबीएम अब्दुल्लाह भने आजै काठमाडौं आइपुगेका छन् । उनी विमान बंगलादेशको उडान नम्बर बीजी ३७१ मा साढे ११ बजे आएका हुन् ।
अब्दुल्लाह बंगलादेशमा अध्ययन गरेर फर्केका नेपाली चिकित्सकहरुको दोस्रो विशाल पुनर्मिलन कार्यक्रममा अतिथिको रुपमा निम्त्याइएका छन् ।
टिप्पणीहरू