ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाइएको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि उक्त मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश भएको हो ।

संविधानको धारा ७६ (२) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः उपधारा ३ मा जानुपर्ने संवैधानिक व्यवस्था मिचेर उपधारा २ अनुसारै ओलीलाई प्रधानमन्त्री बनाइएको भन्दै त्यसविरुद्ध असार ३१ गते सर्वोच्चमा रिट परेका थिए । ओलीको नियुक्ति गैरसंवैधानिक रहेको जिकिरसहित रिटमा उक्त नियुक्ति बदरको माग गरिएको छ ।

उक्त रिटमा आज सुनुवाई गर्दै अदालतले गम्भीर संवैधानिक व्याख्याको प्रश्न निहित रहेकाले सो को निवारण संवैधानिक इजलासबाट हुनुपर्ने आदेश दिएको हो ।

योसँगै अब यो मुद्दा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश सम्मिलित इजलासबाट टुंगो लाग्नेछ ।

टिप्पणीहरू