सभागृहमा पानी पसेपछि काम ठप्प

सभागृहमा पानी पसेपछि काम ठप्प

गएरातिको अविरल वर्षाका कारण राष्ट्रिय सभागृह परिसर डुबानमा पर्दा कामकाज ठप्प भएको छ । प्रदर्शनी मार्गस्थित सभागृहको भुईं तल्ला डुबानमा परेको छ । 

ढल व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले तत्काल वैकल्पिक व्यवस्था गर्ने सहायक प्रवक्ता दीपक अधिकारीले बताए । ‘राष्ट्रिय सभागृहमा डुबान पर्ने समस्या निराकरणका लागि हामीले तत्काल वैकल्पिक व्यवस्थापन गर्दछौं । महानगरले बैठक बसेर यसको समाधान निकाल्नेछ’, उनले भने । 

सभागृहमा महानगरको कार्यालय पनि छ । हरेक वर्षको वर्षायाममा सभागृह डुबानमा पर्ने गरेको छ । 

यता, वडा नम्बर २८ बागबजारस्थित तीनवटा घरको अण्डरग्राउण्डमा पनि पानी छिरेको छ । नगर प्रहरीले आज बिहान मोटरले तानेर पानी फालेको प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

त्यहाँको अवस्था सामान्य रहेको र खासै ठूलो क्षति नभएको उनको भनाइ छ । त्यस्तै, सोही ठाउँमा पार्किङ्ग गरेर राखिएको मोटरसाइकल पनि पानीले डुबाएको हो । ती मोटरसाइकल बिग्रिएको जनाइएको छ ।

टिप्पणीहरू