"धर्मगुरु" पुष्कर खतिवडा महाराजगञ्जबाट पक्राउ

"धर्मगुरु" पुष्कर खतिवडा महाराजगञ्जबाट पक्राउ
सुन्नुहोस्

धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरी वृत्त,महाराजगञ्जले उनलाई आज बिहान महाराजगञ्जबाट नियन्त्रणमा लिएको हो । 

हाल उनी प्रहरी वृत्तको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । खतिवडाको साथबाट केही रकम,सुनको गरगहनालगायतका सामान बरामद भएको उनले जानकारी दिए । 

नेताहरुको मृत्युका लागि उनले आफ्नो घरमा महायज्ञ राखेकाले उनलाई पक्राउ गरिएको बुझिएको छ ।

‘उनी अहिले महाराजगञ्ज प्रहरी वृत्तको नियन्त्रणमा छन् । उनलाई पक्राउ गर्नुको कारण केही बेरपछि सार्वजनिक गर्छौं’, उनले भने । नेताहरुको मृत्युका लागि उनले आफ्नो घरमा महायज्ञ राखेकाले उनलाई पक्राउ गरिएको बुझिएको छ । 

आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडाले विभिन्न आपत्तिजनक टिकाटिप्पणी गर्दै आएका छन् । केही समयअगाडि उनले एउटा टेलिभिजन अन्तरवार्तामा २०८१ सालभित्र नेपालमा गणतन्त्रको समाप्ति भएर राजतन्त्रको स्थापना हुने भविष्यवाणी गरेका थिए । 

त्यस्तै,उनले गणतन्त्र नेपालीको नासो नभएर विदेशीको पासो भएको बताउँदै आएका छन् ।

 

टिप्पणीहरू