जापानबाट काठमाडौं आइपुगेपछि विमानस्थलमै हत्कडी
फर्जी कागजात बनाएर नेपाली नागरिकलाई पर्यटन भिसामा जापान पुर्याउँदै आएका एक जना नेपालीलाई काठमाडौंको त्रिभुवन विमानस्थलमै हत्कडी लगाइएको छ । एनआरएन जापानका अनुुसार उक्त कार्यमा मुख्य भूमिका निर्वाह गरेका समीर लामालाई नेपाल प्रहरीले नारिताबाट आएको नेपाल वायुसेवाको उडानबाट ओर्लने बितिक्कै पक्रेको बताइएको छ ।
उनले फर्जी कागजातको माध्यमबाट एनआरएनए जापानको नाम र अन्य कागजातको दुरुपयोग गरेका थिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र त्यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराई एनआरएनए जापानको नाम र अन्य आवश्यक फर्जी कागजात बनाई ती कागजातमा स्पोन्सर गर्ने आवेदकको नाममा एनआरएनए जापानका अध्यक्ष र उपाध्यक्षको नाम तथा हस्ताक्षर गरिएको पाइएको हो ।
उनले नेपालीलाई पर्यटन भिसामा जापान ल्याउन मुख्य भूमिका निर्वाह गरेको एनआरएनए जापानको भनाई छ । उनलाई नेपाल फिर्ता पठाउन एनआरएनए जापानले शनिबारको नारिता काठमाडौंको उडानमा आवश्यक व्यवस्था गरेको थियो । तर बोर्डिंग पास समेत लिइसकेको अवस्थामा उनले नेपाल नफर्की लुकिछिपी बस्ने प्रयत्न गरे पनि उक्त प्रयत्न आज विफल भएको हो ।
टिप्पणीहरू