पोडे टोलको खुँडा प्रहारमा घाइते पुजारी दिवङ्गत

पोडे टोलको खुँडा प्रहारमा घाइते पुजारी दिवङ्गत

काठमाडौँको ढल्कुस्थित पोडेटोलमा भएको खुँडा प्रहारको घटनामा घाइते २३ वर्षे अमित पुजारीको उपचार क्रममा मृत्यु भएको छ । उनलाई पिपुल्स अस्पतालमा उपचारको लागि लगिएको थियो ।

प्रहरी वृत्त सोह्रखुट्टेले चार जना पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको जनाएको छ । घाइते छ जनामध्ये अनित पुजारी, किरण पुजारी र सुविन्द्र पोडेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । 

खुँडा प्रहारबाट घाइते भएका दिनेश पुजारी र विक्रम पुजारीको राष्ट्रिय ट्रमा सेन्टरमा र माया पुजारीको पिपुल्स अस्पतालपछि मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

स्थानीयबीच पुरानो रिसइबीका कारण हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ । सागर देउला,रविन्द्र पोडे,कलेनी पुजारी,अमृत पुजारी, टिकामाया पुजारी र सिञ्जाली पुजारी प्रहरी नियन्त्रणमा पुगेका छन् ।

टिप्पणीहरू