मर्निङ वाक गरिरहेकामाथि बाघको आक्रमण

मर्निङ वाक गरिरहेकामाथि बाघको आक्रमण

भरतपुरमा मर्निङ वाक गरिरहेका एकजना बाघको आक्रमणमा घाइते भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा बिहान साढे ५ बजे हिँडिरहेका भरतपुर–२, बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठमाथि बाघले आक्रमण गरेको बताइएको छ ।

बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार श्रेष्ठको अनुहारमा गहिरो चोट लागेको छ । 

जिल्ला वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुले आक्रमणकारी बाघको खोजी थालेका छन् ।

टिप्पणीहरू