फेसबुक ह्याकपछि युवतीमाथि विदेशबाटै ब्ल्याकमेल

फेसबुक ह्याकपछि युवतीमाथि विदेशबाटै ब्ल्याकमेल

विदेशमा रहँदा साइबर अपराध गरेका एक नेपाली युवक स्वदेश फर्केलगत्तै पक्राउ परेका छन् । तनहुँको घिरिङ गाउँपालिका–१ का ३५ वर्षीय सन्दिप थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया पुगेका उनी अस्ति नेपाल फर्केका हुन् । सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्रेको हो ।उनले रोमानियामा हुँदा पीडितको फेसबुक ह्याक गरेर म्यासेन्जरमार्फत् पीडित महिलाका मेसेज संकलन गरी आफन्तलाई पठाइदिएका थिए ।

उनीमाथि ब्ल्याकमेल गरेर मानसिक तनावका साथै चरित्र हत्या गरेको आरोप छ । थापाउपर प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा समेत दर्ता गरिसकेको छ । उनलाई काठमाडौं जिल्ला अदालत लगिएको साइबर ब्यूरोले जनाएको छ ।
 

टिप्पणीहरू