गुल्मीको पहिरोमा चारको मृत्यु, काभ्रेको बाढीमा एकजना
गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले पुरिएर चार जनाको ज्यान गएको छ । दुई वटा घर पुरिँदा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ४८ वर्षका गोरे विक, ६७ वर्षे हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षीया मसुरी विकको मृत्यु भएको छ । मुना विक र विष्णु विकलाई स्थानीयको जिवितै उद्धार गरिएको थियो ।
बिहानीपख आएको पहिरोले विष्णु बिकको घर र हुकुम विकको घर पुरेको हो ।
यता काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ५, खड्पुमा आएको बाढीले एक जना महिला बगाएको छ । स्थानीय ५० वर्षीया भगवती भागदासलाई बगाएर ढलको मंगालमा पुर्याएको थियो ।
रामेछाप खाडादेवी गाउँपालिका ३ की भागदासलाई बाढीले बगाएर ढलको मंगालमा पुर्याएको थियो । झण्डै तीन सय मीटर टाढा फेला परेकी उनी मृत भेटिएकी हुन् ।
टिप्पणीहरू