बाल्टिनको पानीमा ११ महिने शिशु

बाल्टिनको पानीमा ११ महिने शिशु

भक्तपुरमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तपोल बस्ने सिन्धुपाल्चोक घर भएकी गीता बस्नेतकी ११ महिनाकी छोरी नेलिस्ता बस्नेतको निधन भएको हो । 

खेल्ने क्रममा अचानक २० लिटर गहिरो प्लास्टिकको बाल्टिनमा डुब्दा नेलिस्ताको अवस्था गम्भीर भएको थियो । लगत्तै उपचारार्थ ख्वपः अस्पताल च्यामासिंंह पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू