हेलिकप्टर दुर्घटना,मन्त्रीदेखि बिदेशीसम्म
काठमाडौँमा गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । जसको शोकमा देश अझै छ । तर त्यसको १५ दिन नबित्दै फेरि देशले अर्को हवाई दुर्घटना ब्यहोर्नुपरेको छ ।
आज नुवाकोटमा एयर डाइनास्टीको (९एन एजेडी) हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकोप्टर शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौर डाँडामा ठोक्किएको हो ।
पाइलट अरुण मल्लले उडाएको हेलिकोप्टरमा चार जना चिनियाँ यात्रु सवार थिए । चारै जनाको शव भेटिएको छ । त्यसो त,एयर डाइनास्टीको हेलिकोप्टर पाँच वर्षअघि पनि दुर्घटना भएको थियो । त्यतिबेला तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको ज्यान गयो ।
०७५ साल फागुन १५ गते ९एन एमआई कल साइनको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० स्थित सिस्ने खोलामा दुर्घटना भएको थियो । जसमा मन्त्री अधिकारी,यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा,प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल,नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठसहित ६ जनाले ज्यान गुमाएका थिए ।
टिप्पणीहरू