हेलिकोप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय आयोग

हेलिकोप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय आयोग

आज नुवाकोटमा भएको एअर डाइनास्टीको हेलिकोप्टर दुर्घटना छानबिन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै बसेको क्याबिनेट बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा आयोग गठन गरेको हो ।

तीन सदस्यीय आयोगमा इञ्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । 

नुवाकोटको शिवपुरी गाउँपालिका ७, सूर्यचौरमा भएको दुर्घटनामा चार जना चिनियाँ नागरिक र पाइलट अरुण मल्लको निधन भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेशीतर्फ जाने क्रममा खराब मौसमका कारण आज दिउँसो शिवपुरी डाँडामा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । 

मृतकको शव संकलन गरिएकाले पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याउने काम भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

टिप्पणीहरू