उच्चका न्यायाधीश रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट पीडित रहेका उनको गएराति उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।
न्यायाधीश रेग्मीको निधनको शोकमा आज अदालतको सबै कामकारबाही बन्द गरिएको उच्च अदालत पाटनका प्रवक्ता एंव उपरजिट्रार विमल पराजुलीले जानकारी दिए ।
मृतक रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । पर्वत स्थायी घर भएका उनी ६१ वर्षका थिए । न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका उनी केही समययता उपचाररत थिए ।
टिप्पणीहरू