सोलुखुम्बुमा भीषण बाढी, हिमताल फुुटेको आशंका
सोलुखुम्बुको थामे खोलामा भीषण बाढी आएको छ । अकस्मातको बाढीको कारण हिमताल फुटेको आशंका छ ।
खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ को थामेका स्थानीयले माथिल्लो भागमा हिमताल फुटेको हुनसक्ने बताए । बाढीले गाउँको धेरै भूभाग डुबानमा परेको छ ।
सुदूर उत्तरको गाउँमा बाढीले पुर्याएको क्षतिबारे यकिन जानकारी प्राप्त नभइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्राेत : खुम्बु पासाङल्हामु गाउँपालिका ।
टिप्पणीहरू