सोलुखुम्बु बाढी अपडेट : होटल र होस्टेल बगायाे

सोलुखुम्बु बाढी अपडेट : होटल र होस्टेल बगायाे
सुन्नुहोस्

सोलुखुम्बुको थामे खोलामा आएको भीषण बाढीले स्थानीय होटल र होस्टेल बगाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका नायव सुब्बा सुमन कार्कीका अनुसार बाढीले दुई वटा होटल र एउटा होस्टेल बगाएको छ ।

उनले भने, ‘अहिलेसम्म मानवीय क्षतिको खबर प्राप्त भएको छैन । तर, दुई वटा होटल र एउटा होस्टेल बगाएको जानकारी आएको छ ।’

उनका अनुसार हिम पोखरी फुट्दा खुम्बु पासाङल्हामु गाउँपालिका–५, को थामे गाउँमा अकस्मात बाढी आएको हो । दिउँसो साढे ३ बजेसम्म घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । 

विभिन्न स्थानमा वर्षा भइरहेकाले घटनास्थलतर्फ प्रहरी टोली पुग्न अझै केही समय लाग्ने बुझिएको छ । वर्षा सामान्य भए पनि हिमताल फुटेकाले बाढी आएको हो ।

बाढी प्रभावित वडा नम्बर ५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले पोखरी फुटेको वा हिम पहिरो नै गएको हो भन्ने बारेमा अझै यकिन भइनसकेको बताए । उनका अनुसार सो क्षेत्रमा झरी परेको छ । दुई जना वडा सदस्यसहित आफू अहिले घटनास्थलतर्फ गइरहेको जानकारी दिए । 

उनले भने, ‘माथि एउटा ताल छ, त्यो फुटेको हो कि भन्ने छ । हिम पहिरो पनि हुनसक्छ । हामी त्यहाँ जाँदैछौं । एक घण्टा जति लाग्ला ।’

यो पनि ...

सोलुखुम्बुमा भीषण बाढी, हिमताल फुुटेको आशंका

टिप्पणीहरू